भारतमा बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको फैसला

मिति: २०२५-०१-२४ , समय : १०:०३:०६ , गामघर डेस्क

तस्वीर : एजेन्सिबाट

गामघर डेस्क

भारत ।
भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुले सन् २०२१ को जनवरीमा किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगेर सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबैको हत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या भएको थियो ।

बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छैटौं व्यक्तिलाई भने ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो तर बलात्कारमा संलग्नता प्रमाणित नभएकाले हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ ।

भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा विरलै दिइने सजाय हो । एजेन्सी

प्रकाशित मिति: २०२५-०१-२४ , समय : १०:०३:०६ , १४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित