भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा १२ जनाको मृत्युु

मिति: २०२५-०१-२३ , समय : ०८:२६:०७ , गामघर डेस्क

तस्वीर : एजेन्सिबाट

गामघर डेस्क

भारत ।
भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् ।

उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएका छन् ।

गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको बताउनुभएको छ । एजेन्सी

प्रकाशित मिति: २०२५-०१-२३ , समय : ०८:२६:०७ , १६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित