नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादव पक्राउ

मिति: २०२५-०१-२२ , समय : १०:१९:११ , गामघर डेस्क

तस्बिर : शीर्ष खबरबाट

गामघर डेस्क

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा पूर्व उपाध्यक्ष वैद्यनाथ यादवलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।

यादवलाई प्रहरीले आज विहानै पक्राउ गरेको हो। यादवले आफुलाई राजनीतिक पुर्वाग्रह राखेर पक्राउ गरिएको जनाएका छन्।

उनले फेसवुकमा लेखेका छन्–‘ जनमत पार्टी अध्यक्ष सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह ज्युलाई बधाई तथा धन्यवाद। मलाई सप्तरी प्रहरीले नियन्त्रण लियो।’

पत्रकार यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नि सोधी सिन्धु रानीको सम्वन्ध विच्छेदको प्रकरणमा सोनीलाई सहयोग गर्दै आएका थिए। सोनीले यो कुरा फेसवुक मार्फत सार्वजनिक गरेकी थिईन। सोही प्रकरणमा षडयन्त्र पूर्व आफुलाई पक्राउ गरिएको यादवको आरोप छ।

साताअघि जनमत पार्टीका प्रदेश सांसदले मधेश प्रदेश सभामै वैद्यनाथलाई मुद्दा चलाउनु पर्ने अभिब्यक्ति दिएका थिए। त्यस लगत्तै यादव पक्राउ परेका हुन।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता जितेन्द्र कुमार वस्नेतले यादव विरुद्ध ठगीसम्वन्धी जाहेरी परेकाले अनुशन्धानका लागि नियन्त्रणमा लिएको वताएका छन्।

प्रकाशित मिति: २०२५-०१-२२ , समय : १०:१९:११ , १९ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित