मधेस प्रदेश : स्कुल बसको ठक्करबाट साइकल यात्रुको मृत्यु
मिति: २०२५-०१-२२ , समय : ०८:५०:०० , गामघर डेस्क
मिति: २०२५-०१-२२ , समय : ०८:५०:०० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
स्कुल बसको ठक्करले मधेस प्रदेशको वीरगञ्जमा एक जना साइकल यात्रुको मृत्यु भएको छ ।
तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो । उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो।
बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पु¥याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । रासस
प्रकाशित मिति: २०२५-०१-२२ , समय : ०८:५०:०० , 3 months अगाडि