टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्युु , ५० जना घाइते
मिति: २०२५-०१-२२ , समय : ०७:१२:१५ , गामघर डेस्क
मिति: २०२५-०१-२२ , समय : ०७:१२:१५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ । आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख छ ।
टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार दुई जनाको झ्यालबाट हाम फालेर ज्यान गएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।
आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी
प्रकाशित मिति: २०२५-०१-२२ , समय : ०७:१२:१५ , २२ घन्टा अगाडि