मधेस प्रदेश : पेस्तोलसहित दुईजना युवक पक्राउ
मिति: २०२५-०१-१९ , समय : ०८:२१:५१ , गामघर डेस्क
मिति: २०२५-०१-१९ , समय : ०८:२१:५१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषामा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । शनिबार धनौजी गाउँपालिका–४ भडरिया क्षेत्रबाट सशस्त्र प्रहरीले भारत र नेपालका दुई व्यक्तिलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको सिलानाथ बरही ग्राम पंचायत–५ बस्ने २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको बताइएको छ ।बीओपी धनौजीको टोलीले बिआर ३२ एडब्लू १८११ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा महतोको साथबाट ९ एमएम बाउनिङ पेस्तोल बरामद गरेको जनाएको छ ।उनीहरुको सथाबाट एक थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली पनि बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२५-०१-१९ , समय : ०८:२१:५१ , 3 months अगाडि