युवतीसँग अर्धनग्न अवस्थामा वनका हाकिमको तस्बिर सार्वजनिक : सोधियो स्पष्टीकरण

मिति: २०२५-०१-१५ , समय : २०:५३:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । बाजुराका डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीको अर्धनग्न अवस्थामा युवतीसँग रहेको तस्बिर र घुस लिएको आशंकासहितको फोटो सार्वजनिक भएपछि विवादित बनेका छन् ।
वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले समेत फेला पारेपछि ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न बुधबार नै पत्राचार गरिएको हो ।
वन निर्देशनालयले निजामती आचारसंहिताविपरीत भएको भन्दै डिसीलाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ । तस्बिरका विषयमा सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाहीको माग उठेको छ।वन निर्देशक हेमराज विष्टका अनुसार तस्बिर सही भएमा यो कर्मचारी आचरणविपरीत हुने भएकाले छानबिन अघि बढाइएको छ ।यस्तै अर्को तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिने फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। अनलाइन नेपालबाट

प्रकाशित मिति: २०२५-०१-१५ , समय : २०:५३:३० , ६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित