सप्तरीमा सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते

मिति: २०२५-०१-१४ , समय : १०:०२:३१ , उमेश कुमार साह

तस्बिर : उमेश कुमार साह

उमेश कुमार साह

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईनमा राजबिराज नगरपालिकाको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ झ ४८१ नम्बरको स्कारपियोले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३० प २७३७ नम्बरको मोटरसाइकललाई सप्तरीको बोदे बर्साईन नगरपालिका–५ हुलाकी सडक अन्तरगतको बिधुत प्राधिकरण जाने बाटोमा ठक्कर दिएको थियो।

गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका– १ घनगडी निवासी १५ वर्षीय मोटरसाइकल चालक राजेश कुमार यादव र सोही ठाउँ निवासी २१ वर्षीय अजित कुमार यादव गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानले बताए । यतिबेला घाइतेहरूलाई बोदे बर्साइन स्थित जीवन ज्योति हस्पिटल प्रा.लिमिटेडमा उपचार भइरहेको प्रहरीले बताए । यता सरकारी गाडी स्कारपियो प्रहरीको नियन्त्रणमा छ भने स्कारपियोको चालक फरार रहेको तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-१४ , समय : १०:०२:३१ , 3 months अगाडि