मधेस प्रदेशमा शहीद परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम शुरू

मिति: २०२५-०१-०९ , समय : १६:५६:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यही पुस ९ गतेबाट बीमा कार्यक्रम लागू भएको जानकारी दिनुभएको छ ।

मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले बताउनु भयो । मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

उक्त कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: २०२५-०१-०९ , समय : १६:५६:३५ , १८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित