सीमा क्षेत्रमा खुलेआम गाईगोरु तस्करी : प्रहरी प्रशासन मौन
मिति: २०२४-१२-२४ , समय : ०७:३६:२० , गामघर डेस्क
मिति: २०२४-१२-२४ , समय : ०७:३६:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
कपिलवस्तुमा भारतीय सीमा क्षेत्रका विभिन्न नाका हुँदै भित्र्याउने गाईगोरु तस्करी गिरोह यतिबेला सक्रिय भएको बताइन्छ । रोशन समूह, नुनु, कान्छा, वोसी तथा सन्देश–विपिन समूहले जिल्लाका विभिन्न फरक स्थानबाट गोरु संकलन गरे झापा पुर्याउने गरेको बताइन्छ । जिल्लाका कृष्णनगर, विजयनगर, महाराजगञ्जका भारतीय सीमा क्षेत्र, मर्यादापुर, हरदौना, हथिहवा क्षेत्रका सीमानाकाबाट धपाएर गोरुहरु ल्याइन्छ । त्यसपछि यताका रैथाने छाडा गाइगोरु समेत ट्रकमा लोड गरि पठाउने गरिएको पाइएको छ । स्थानीय हिन्दु युवाहरुको दबाबपछि बहादुरगञ्ज प्रहरीले जवाभारीबाट गोरु लोड गरेर राति २ बजे चन्द्रौटातर्फ जाँदै गरेको ना.६ ख ३०९८ नम्बरको ट्रक नियन्त्रणमा लिइयो तर, गोरु छाडियो । भन्सार तथा राजस्व कार्यालयले गोरु तथा ट्रक जिम्मा लगाउँदा बुझ्न नमान्ने, लिलाम नगरिदिने समस्याले पक्राउ गरेर पनि कानूनी कारबाही गर्न सकिने अवस्था नभएकाले छाड्न बाध्य हुनुपरेको प्रहरी अधिकारीहरुको दुःखेसो छ ।केही दिन अघि
स्थानीय हिन्दू युवा समूहले प्रहरीलाई पक्राउ गर्न दबाब दिएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले जवाभारीबाट ना.५ ख ५२०२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोरु छाडेको छ भने ट्रक चालकलाई नियन्त्रणमा राखिएको छ । बरामद ट्रक र गोरु नुनु मुसलमान समूहको रहेको प्रहरी स्रोतले बताएको छ । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-१२-२४ , समय : ०७:३६:२० , २ हप्ता अगाडि