मधेशी समुदायमाथि भएको अभद्र व्यवहारको बिरुद्ध प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

मिति: २०२४-१२-२२ , समय : १६:०९:३७ , रुपेश कुमार यादव

तस्बिर : सामाजिक सन्जालबाट

रुपेश कुमार यादव

राजविराज ।
नेपाल प्रिमियर लिग ( NPL ) को अन्तिम चरणको खेल हेर्न गएका मधेशी समुदायमाथि भएको अभद्र व्यवहारको सन्दर्भमा युवा , विद्यार्थीले सप्तरीका सिडियो मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पढाएका छन् ।

शनिवार काठमाण्डौको TU मैदानमा जनकपुर बोल्ट्स र सुदुर पश्चिम राइडर विच भएको खेलकै क्रममा र खेल सकिएपछि मैथली तथा मधेशी समुदाय माथि अपशब्द , गाली बेइज्जत गर्दै खेलको अन्तिममा विद्यार्थी उपर धर पक्कर गर्दै कुटपिट गरेको भन्दै सप्तरीका युवा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले दुई समुदाय बिच दंगा भड्काउने काम गर्ने जो कोहि उपर छानविन गरी कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति: २०२४-१२-२२ , समय : १६:०९:३७ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित