मधेस प्रदेश : घरमा लुटपाट गर्दै डाकाहरुले गरे पूर्व गाविस सचिव झाको हत्या

मिति: २०२४-१२-२१ , समय : १०:४५:४१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा डाकाहरुको समूहले एकजना वृद्धको हत्या गरेको छ । महोत्तरीको मनवरासिसवा नगरपालिका वडा नम्बर ४ साढाका ७० वर्षीय सुशील झाको आज बिहान डाका समूहले हत्या गरेको हो ।

हात मुक्काले प्रहार गरी झाको हत्या भएको देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिनुभयो ।

उहाका अनुसार आज बिहान ४ बजेको समयमा ७/८ जनाको संख्यामा आएका लुटेरा समूहले झको हत्या गरेर घरमा लुटपाट गरेका हुन् ।

डाकाले घरमा रहेको मङ्गलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेका छन् ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झा पूर्व गाविस सचिव हुन् ।

प्रकाशित मिति: २०२४-१२-२१ , समय : १०:४५:४१ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित