मधेस प्रदेश : बिलबिजक नभएको रासायनिक मलसहित ट्रक पक्राउ
भन्सार छली गरी ल्याइएको लत्ताकपडा बरामद
मिति: २०२४-१२-२० , समय : ०९:०५:३७ , गामघर डेस्क
मिति: २०२४-१२-२० , समय : ०९:०५:३७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीको लालबन्दी नगरपालिकाबाट २२० बोरा रासायनिक मलखादसहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।बुधबार बिहान (राति डेढ बजे) लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित नवलपुर चोकमा नियमित चेकजाँचका क्रममा बिलबिजक नभएको उक्त ट्रक पक्राउ परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको हो।
लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १६०० नम्बरको ट्रकमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल (आपूर्तिकर्ता) इन्डियन पोटाश लिमिटेड चेन्नाई लेखिएको मलखाद बोकेको गाडीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
उक्त गाडीसहित मलखाद आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ। यस्तै सर्लाहीकाे लालबन्दी प्रहरीले भन्सार छली गरी ल्याइएको गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ।लालबन्दी नगरपालिका वडा नम्बर ७ बस्ने अशोक कुमार जोशीको घरमा कोठा भाडामा लिई भन्सार छलीका लुगाहरू लुकाइछिपाइ राखेको सूचनाका आधारमा बरामद गरिएको लालबन्दी प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले सर्लाही भन्सार कार्यालय मलंगवाको समन्वयमा भन्सार छलीका कपडाहरू बरामद गरेको जनाएको हो।बरामद गरिएका कपडाहरूको मूल्य ४ लाख ४९ हजार अंकित मूल्य कायम गरी आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा पठाइएको लालबन्दी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-२० , समय : ०९:०५:३७ , ३ हप्ता अगाडि