चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मिति: २०२३-०३-१७ , समय : १६:४५:०६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो ।

प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत
६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको दाबी पनि गर्नुभयाे ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १६:४५:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित