मधेस प्रदेशका नाकाबाट प्रहरी प्रशासनकाे सेटिङमा खुलेआम तस्करी
अनुगमनको नाममा खटिएका घुमुवाहरूको समेत मिलाेमताे रहेको खुलासा
मिति: २०२४-१२-१५ , समय : १२:०८:४२ , गामघर डेस्क
मिति: २०२४-१२-१५ , समय : १२:०८:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । सरकार परिवर्तनको हल्ला चलेसंगै मधेस प्रदेशको विभिन्न सिमावर्ति नाकाबाट खुलेयाम तस्करी धन्दा शुरू भएको छ । तस्करहरूले अहिले दुबै प्रहरीलाई मिलाएर जिल्ला स्थित केही नाकाबाट खुलेयाम तस्करी धन्दा गरिरहेका छन् । तस्करी र सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएकाे सशस्त्र प्रहरीले जिल्ला स्थित बथनाहा नाकाबाट ठूलो तस्करीको लाइन दिएको खुलेको छ । बथनाहामा सशस्त्र प्रहरी बलको बिअाेपी रहेको छ । सशस्त्रले नै तस्करीको लाइन दिएकाे यहाँका व्यवसायी बताउँछन् ।
स्थानीय व्यवसायीका अनुसार यो नाकाबाट तस्करीको लाइन पाउने मुख्य काराेबारी हुन सरिफुल । यिनी महाेत्तरीका चर्चित काराेबारीहरू मध्यमा पर्दछन । सरिफुल आंफै चाइनिज लसुन र लाइटर भारत तर्फ तस्करी गर्ने गर्दछन । स्थानीय पेट्रोल पम्प नजिकै उनको गाेदाम रहेको छ । उक्त गाेदाममा लसुन र लाइटर भण्डारण गरिन्छ । चाइनाबाट नेपाल भित्रिएकाे यी देशभर लैजान कानुनले नै छुट दिएको छ । यसकारण पनि कसैले राेक्ने वा बरामद गर्ने अवस्था रहदैन । त्यसैको फाइदा उठाउंदै काराेबारीहरूले सीमावर्ती क्षेत्रमा उक्त सामान लगेर गाेदाम गर्ने गर्दछन् । सीमामा गाेदाम गरेपछि त्याहां खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मिलाएर भारत तस्करी गर्ने गर्दछन् ।
यो नाकाबाट नेपाली मदिराको पनि भारत तर्फ तस्करी भैरहेको छ । मदिराको तस्करी गर्ने तीन जनाको समूह रहेको समेत खुलेको छ । यसबाहेक कस्मेटिकका सामान पनि भारत तर्फ तस्करी यही नाकाबाट भैरहेको छ । अहिले नेपालबाट रक्सी, स्याउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका मालसमान भारत पठाउने गरिएको छ । यस कार्यमा महोत्तरीका प्रमुख तस्करहरु महेश यादब, गाइबला मियाँ, संजिब, सपना सिंह, रञ्जित यादब, जानीपुर बाली, रघु, मिठुर लगायत तीन दर्जन भन्दा बढि सान ठुला ब्यापारीहरु संलग्न रहेको छ । यो नाकाबाट तस्करी गर्ने सबै काराेबारीहरूकाे जिम्मेवारी र नाइकेकाे काम सरिफुलले नै जिम्मा लिएको यहाँका काराेबारीहरू नै बताउँछन् । यो नाकाबाट भारत तर्फबाट प्याजकाे पनि ठूलो तस्करी भैरहेको छ । महाेत्तरीका नाकाबाट तस्करी गर्ने तस्करहरूले सशस्त्र प्रहरी बलकाे मुख्यालयबाट अनुगमनको नाममा खटिएका घुमुवाहरूलाई समेत मिलाएको यहाँका व्यवसायीहरू बताउँछन् । सशस्त्र प्रहरी मुख्यालयले तस्करी नियन्त्रण गर्न र सीमावर्ती क्षेत्रबाट तस्करी गराउने आफ्ना प्रहरीको अनुगमन गर्न सिभिलमा प्रहरी पठाउने गर्दै आएको छ । तर यसरी अनुगमनको लागि गएका हरू विगतमा तिनै तराईका जिल्लामा घुमुवा बसेर धेरै बदनाम भएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रदेश परिवर्तन गर्ने गरि सरूवा गरेकाहरू नै रहेको कारण उनीहरूकाे तस्करहरूसंग नजिककाे सम्बन्ध र सांठगांठ रहेको कारण तस्करी भए पनि तस्करी नभएको रिपोर्टिङ गर्ने अनि स्थानीय सशस्त्रको प्रमुख संग मिेलेर उल्टाे तस्करहरूलाई भेटाउने र सेटिङ मिलाइदिने काम गर्दै गर्दै आएको खुलेको छ । त्यसवाफत ती घुमुवाहरूले समेत काराेबारीहरूबाट आर्थिक फाइदा लिने गरेको व्यापारीहरू बताउँछन् । सशस्त्र प्रहरी बलकाे बथनाहा स्थित बिअाेपीकाे प्रमुखमा निरीक्षक अनिल आचार्य रहेका छन् । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-१२-१५ , समय : १२:०८:४२ , १२ घन्टा अगाडि