मधेश प्रदेश : बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित पक्ष आन्दोलित
मिति: २०२३-०३-१७ , समय : १३:२०:४२ , गामघर डेस्क
मिति: २०२३-०३-१७ , समय : १३:२०:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशकाे सर्लाहीमा बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै हरिवन नगरपालिका वडा न. ९ दनुवारीका बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
एक साताअघि स्थानीय ५५ वर्षीय नारायण गौतमले गाउँकै ११ वर्षीया बालिकालाई बलात्कार गरेको तरपनि प्रहरीले गौतमलाई पक्राउ नगरेको पीडित पक्षको गुनासो छ।
यता, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले घटना सार्वजनिक हुनासाथ गौतम फरार भएकाले पक्राउ गर्न नसकिएको बताए ।
बलात्कार आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै पीडित पक्ष र स्थानीय बासिन्दाले बुधबार र बिहीबार दुई दिन नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजामसमेत गरेका छन्।
गत फागुन २५ गते गौतमले गाउँकै ११ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोप छ।
बुधबार दिउँसो स्थानीयले नयाँरोडमा गरेको चक्काजाममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतसमेत पुगेका थिए।
उनीहरुले जतिसक्दो चाँडो आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयले चक्काजाम स्थगन गरेका छन्।
यता पीडित पक्षले भने गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : १३:२०:४२ , २ वर्ष अगाडि