सप्तरीको विभिन्न नाकाहरुमा प्रहरी प्रशासनको संरक्षणमा खुलेआम तस्करी
मिति: २०२४-१२-०७ , समय : १९:२२:५५ , एस.एन. यादब
मिति: २०२४-१२-०७ , समय : १९:२२:५५ , एस.एन. यादब
एस.एन. यादब
राजबिराज । सप्तरीका विभिन्न नाकाहरूबाट अहिले खुलेयाम तस्करी धन्दा शुरू भएको छ । देशको अर्थतन्त्र धरापमा पर्दै गएको अवस्थामा यसरी तस्करी धन्दा शुरू हुनुले झनै खतराको घण्टी बज्ने देखिन्छ । स्थानीय प्रहरी प्रशासनको संरक्षणमा तस्करी धन्दा मौलाएको स्थानीय बासिन्दाहरु बताउँछन् । नेपालबाट चाइनिज समान, सुपारी , लसुन, मरिच, मदिरा, ग्याँस लाइटर, स्याउ, कस्मेटिक्स लगायतका समानको भारत निकासी भईरहेको छ भने भारतबाट धान, चामल, प्याज, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनीलगायतका सामान आईरहेको छ ।
सप्तरी स्थित छोटी भन्सार रहेका बनैनिया, पातो, राम नगर कोदरकट्टी र बेल्ही नाकाबाट तस्करी भइ माल समानहरु सहजै नेपाल र भारत भित्रिने गर्छन ।बेल्ही, पातो, बोदे बर्साईन, छिन्नमस्ता, नर्घो, स्वर्णपट्टी नाका तस्करीका लागि वढि प्रयोग भईरहेका छन्। त्यसमा पनि पातो र वेलही नाका अझै वढि चल्तीमा रहेको स्रोत बताउँछ। यी नाका भएर प्रहरीको सेटिङमा भन्सार छली गरी सामानहरु ओसार पसार भईरहेको छ।सप्तरीका नाकामा लाईन मिलाउन सिरहा र सप्तरीका कतिपय ठुला व्यापारी र भारतीय ब्यवसायीले नेतृत्व गरेका छन्। सिरहाका हरेराम यादव, प्रकाश साह र गोपाल गुप्ता अनि सप्तरीका मो. अजिज, मो. सागिर र ओमप्रकाश यादवले प्रहरीसँग मिलेर लाईन खुलाएका छन्।तस्करहरुले ट्याक्टर र ट्रकमा सामान ओसार–पसार गरिरहेका छन्। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका घुमुवा खटिएका हुन्छन्।
भारदह नाकाबाट अनिल पजियारले कपडा बुडन मुखियाले सूर्तिजन्य देखि अन्य , पातो सीमावर्ती क्षेत्रबाट अरूण देव यादव कपडा महेश साह रक्सीको तस्करी धन्दा गर्छन् भने अमित साह र सानू यादवले सिराहा नाकाबाट तस्करी गराई सप्तरी सम्म सामान ल्याउंछन । उनीहरू दुबैले कपडाको ठूलो तस्करी गर्दै आएका छन् । छिन्नमस्ताको मोहनपुर सुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका हो।विभिन्न सामान तस्करी हुने सप्तरीको अर्को नाका हो, हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु। यो नाकाबाट दैनिक मदिरा तस्करी हुन्छ। दिनभरि तस्करीको मदिरा ढुवानी गरी डुंगा चल्ने ठाउँसम्म भण्डारण गरिन्छ। रातिराति उक्त नगरपालिकाका ६ र ८ नम्बर वडाका किलो नौंज बाट डुंगामा राखेर गोबरगाढा टापुसम्म मदिरा पु¥याइन्छ। र, त्यहाँबाट मदिराका कार्टुन बोरामा राखी घोडामार्फत भारततर्फ तस्करी गरिन्छ।तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्। तस्करीका लागि सप्तरीका हनुमाननगर, कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाइन नाका उर्वर छन्। यस्तै सप्तरीकाे हुनमाननगरबाट कोसी नदी हुँदै डुंगामा मदिराका बोरा राखेर भारततर्फ पु¥याउन तस्करहरूको संगठित सञ्जाल नै परिचालित छ।सप्तरीको गोबरगाढा, कोसीपलार, सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, र लसुन तस्करीमा वृद्धि भएको छ। मदिरा, लसुनको तस्करी टाउकोमा बोकेर र मोटरसाइकलको प्रयोग गरेर भइरहेको पाइएको छ। यता साे सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भाेला दाहाललाई तस्करीको बारेमा बुझन खाेज्दा सम्पर्क हुन सकेन । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १९:२२:५५ , १ हप्ता अगाडि