डाक्टर सीके राउतले गोमालाई सांसद बनाउँन ११ लाख लिएको खुलासा : पीए प्रकरणले खोल्यो पोल

मिति: २०२४-१२-०७ , समय : १६:५४:१७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौँ । आफ्नै प्रस्ताव र पार्टीको सिफारिसमा नियुक्त जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ सापकोटालाई हटाउन उद्दत डा. सीके राउतले उनीसँग लाखौं रुपैयाँ बुझेको रहस्य खुलेको छ। मधेश केन्द्रित पार्टीले सापकोटालाई खस–आर्य समानुपातिक सूचीबाट सांसद बनाउँदा राउतले ३२ लाख रुपैयाँ बुझेको तथ्य बाहिरिएको छ।

चौथो प्रयासमा पनि सांसदबाट हटाउन नसकेपछि राउतको पार्टीले केही दिनअघि सभामुखविरुद्ध अनेक आरोप लगाउँदै संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको थियो। तर, सभामुखले सापकोटालाई सांसदबाट हटाउन उपयुक्त कारण र प्रमाण नपुगेको औपचारिक रुपमा जनाइसकेका छन्।

जनमतले सोमबार विज्ञप्तिमार्फत् सभामुख घिमिरेको राजीनामा मागेको छ। जनमत प्रवक्ता शरदसिंह यादवले सभामुख घिमिरे अमुक पार्टीको कार्यकर्ता बनेको आरोप लगाएका छन्। तर, गोमाले सांसद बन्नुअघि मेगा बैंकको जनकपुर शाखास्थित सुरेन्द्रनारायण यादवको खातामार्फत सिकेलाई ११ लाख रुपैयाँ दिएको विवरण सार्वजनिक भएको छ।

यादवको खातामा गोमा आफैँले एक हजार दरको आठ लाख र पाँच सय दरको नोट तीन लाख जम्मा गरिदिएकी थिइन्। रकम जम्मा गरिएको भौचरमा उद्देश्यः व्यापार उल्लेख छ।

महोत्तरीकी गोमाको पारिवारिक स्रोतले नगद बुझाउन लिएको ऋणले आफ्नो परिवार आर्थिक रुपमा थला परेको जनाएको छ। सांसदको तलबभत्तासमेत सबैजसो पार्टीलाई बुझाउनुपर्ने अवस्था बनेको र निजी सचिवसमेत उनीहरुकै मान्छे राख्न लगाएपछि आर्थिक संकट बढेको गोमाका एक जना नातेदारले बताए।

पहिले गोमाको निम्ति पार्टीले स्वकीय सचिवमा अशोक साहलाई खटाएको थियो। तर अहिले मनिषाकुमारी झालाई राखिएको छ। उनी पेशाले विद्यार्थी हुन्। जनआस्थाबाट

प्रकाशित मिति: २०२४-१२-०७ , समय : १६:५४:१७ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित