गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : रामसहायप्रसाद यादव

मिति: २०२३-०३-१७ , समय : ११:२६:४४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताउनुभएको छ ।

शुक्रवार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले नेपाललाई समतामूलक समृद्ध देशको रुपमा विकसित गर्न आफ्नो भूमिका रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । म राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामूलक समृद्ध देशको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमानदारितापूर्वक नागरिकको पक्षमा काम गर्नेछु।’

उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्नुभयो । १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : ११:२६:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित