आगामी चैत्र ५ गतेबाट राजविराजमा मधेश प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता हुने
मिति: २०२४-११-३० , समय : १४:२२:१० , गामघर डेस्क
मिति: २०२४-११-३० , समय : १४:२२:१० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मधेश प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता आगामी चैत्र ५ गतेबाट हुने भएको छ ।
मधेश प्रिमियर लिगले शनिवार राजविराजमा पत्रकार सम्मेलन गरि सिजन ३ को क्रिकेट प्रतियोगिता चैत्र ५ गतेबाट हनुने जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा लिगका अध्यक्ष ई संजिव नारायण यादवले आजबाट खेलाडीको रजिष्ट्रेशन शुरु गरिएको बताए । उनले यस सिजन ३ प्रतियोगितामा अक्सनबाट खेलाडी छनौट गरिने र प्रत्येक टिममा झापा देखि कंचनपुर सम्मका मधेश क्षेत्रबाट ७ जना खेलाडी तथा नेपाल भरिबाट ४ जना खेलाडी रहने जानकारी दिए ।
मधेश प्रिमियर लिगमा कूल १० वटा टिमको सहभागिता रहने बताउँदै अध्यक्ष यादवले प्रतियोगिताको ६० प्रतिशत खेल राजविराज स्थिति पविमावि खेल मैदान र राजरंगशाला मैदान हुने तथा बाँकी ४० प्रतिशत खेल विरगंज र जनकपुरमा खेलाईने बताए ।
यस प्रतियोगिताको लागि मधेश प्रदेश सरकार संग समन्वय गरेर मधेश प्रिमियर लिगको नाउँमा राखिएको ५० लाख बजेट ल्याउने प्रयास गरिने अध्यक्ष यादवको भनाई छ ।
’मधेश प्रदेश सरकारले मधेश प्रिमियर लिगको नाममा ५० लाख बजेट राखेको छ, त्यो ल्याउन समन्वय गरिनेछ । तर, मधेश ससकारले सो बजेट नदिएपनि सिजन ३ को आयोजना गरिने छ‘ यादवले पत्रकार सम्मेलनमा भने ।
सन् २०१५ बाट शुरु भएको मधेश प्रिमियर लिग २०१६ मा सिजन २ भएको ८ बर्षपछि सिजन ३ हुन लागेको छ ।
विचमा अनेक बाधा अवरोधका कारण सिजन ३ खेलमा ढिलाई भएको लिगका सचिव तिर्थनाराण दासले बताए । उनले सबैको सहयोगबाट सिजन ३ सफलता पुर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । माई सञ्चारबाट
प्रकाशित मिति: २०२४-११-३० , समय : १४:२२:१० , २ हप्ता अगाडि