सशस्त्र प्रहरीको मिलेमतोमा भन्टाबारी नाकाबाट खुल्लेआम तस्करी
मिति: २०२४-११-३० , समय : ०८:२८:४२ , गामघर डेस्क
मिति: २०२४-११-३० , समय : ०८:२८:४२ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशको सुनसरीको भन्टाबारी नाकाबाट तस्करी हुने गरेको छ। सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भारतको वीरपुर हुँदै भन्टाबारी नाकाबाट दैनिक लाखौं राजस्व छलेर विभिन्न सामान नेपाल भित्र्याउने गरेको जनाइएको छ। तस्करले कपडालगायत दैनिक उपभोग्य वस्तु भन्टाबारी नाका हुँदै प्रयोग गर्न थालेका हुन्। हररिया र वीरपुर जिल्ला हुँदै मोटरबाटो कालोपत्रे भएका कारण पनि तस्करले भन्टाबारी नाका प्रयोग गरी अवैध ढंगले सामान नेपाल भित्र्याउने गरेका छन्।
भन्टाबारी नाकामा सेतुबन्ध भन्सार कार्यालय र सशस्त्रको बोर्डर आउटपोस्टबाट चौबिसै घण्टा प्रहरी परिचालन हुने गरेका छन्। तर, तस्करले सशस्त्रकै मिलेमतोमा भन्सार छली करोडौंका सामान भित्र्याउने गरेका छन्।
तस्करले भन्टाबारी, घुस्की, बसन्तपुर, कप्तानगन्ज, देवानगन्ज र अमडुवा नाका हुँदै कपडालगायत दैनिक उपभोग्य वस्तुको तस्करी गर्ने गरेका छन्। भन्टाबारी नाकाबाट काठमाडौं, वीरगन्ज लगायत स्थानका पसलको भ्याट बिल प्रयोग गरी तस्करले भारतको वीरपुर हुँदै तस्करीको सामान भिœयाउने गरेका छन्। तस्करीको सामान बरामद गर्दा तस्करले काठमाडौं र वीरगन्जका पसलको बिल देखाउने गरेका छन्।
कोसी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट ल्याई भारततर्फ गाँजा तस्करी हुने गरेको हो । कोसी नदीमा चल्ने डुङ्गा र बाँसको कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरीको सीमावर्ती क्षत्र हुँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको छ । पछिल्लो समय गाँजा तस्करी गराउने ‘ट्रान्जिट पोइन्ट’ भण्टाबारी बनेको छ । सुनसरीको सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाहीसहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरू भारतीय बजारमा गएर लागूऔषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् ।
सशस्त्र प्रहरी बलले भण्टावारीमा प्रस्तावित गुल्म नै राखेको छ । उक्त गुल्ममा डिएसपी सुमन पाेखरेल प्रमुख छन् । उनले उदयपुरको गाइघाटमा दरबन्दी भएका सिपाही भेष राज भट्टराईलाई अहिले पनि घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । यसअघि भण्टावारीमा ड्राइभर र घुमुवाको रूपमा कार्यरत भट्टराईको सरूवा उदयपुर भए पनि उनी महिनाको दुईपटक सम्म आउट आएर भण्टावारीका डिएसपी पाेखरेलको घुमुवाको रूपमा परिचालित छन् । उनले तस्कर देखि व्यापारीहरूलाई भेट्ने गरेको कपडाको काम गर्ने अलि हुसेनले बताए । उनले भने , उ आउँछ , सबैलाई भेटेर डिएसपीको नाममा रकम उठाउंछ । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-११-३० , समय : ०८:२८:४२ , २ हप्ता अगाडि