क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा
मिति: २०२३-०३-१७ , समय : १०:५३:४८ , गामघर डेस्क
मिति: २०२३-०३-१७ , समय : १०:५३:४८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई सम्मान गर्दै हरेक खेलाडीलाई ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नु भएको छ । बिहान खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले फूलमालाले सम्मान गर्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ : ‘विश्व कप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु ।’
यस्तै, उहाँले मूलपानी, चितवनलगायत निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने समेत घोषणा गर्नु भएको छ ।
हिजो यूएईसँगको खेलअघि त्रिवि खेल मैदान कीर्तिपुरमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर खेलाडीलाई हौसला दिनुभएको थियो । यूएईलाई ९ रनले हराउँदै नेपाल सन् २०२३ को एक दिवसीय विश्व कप छनोटमा सिधै प्रवेश पाएको छ ।
प्रकाशित मिति: २०२३-०३-१७ , समय : १०:५३:४८ , २ वर्ष अगाडि