मधेस प्रदेश : प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेयाम तस्करी , झन्डै ८६ लाख बढीका सामान बरामद

मिति: २०२४-११-२८ , समय : ११:४१:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बाराकाे कबहीगाेठबाट खुलेयाम तस्करी चलिरहेको छ । सशस्त्र प्रहरी बलकाे कबहीगाेठ नाकामा रहेको चेकपोस्टबाट नै तस्करहरूले खुलेयाम तस्करी धन्दा चलाई रहेका छन् । सशस्त्र प्रहरीले कुनै चेकजाँच र साेधपुछ समेत काराेवारीहरूसंग गर्दैन । त्याहांबाट अहिले फूल र काजुकाे तस्करी व्यापक चलिरहेको छ । हाम्रो स्थानीय संवाददाताले सशस्त्र प्रहरीकाे चेकपोस्टबाट भैरहेको तस्करीकाे फाेटाे र भिडियो खिचेपछि डियुटीमा रहेका प्रहरीले कवहीगाेठ बिअाेपीका सई सुजन कार्कीलाई रिपोर्टिङ गरेछन् । सई कार्कीले गणमा रिपोर्टिङ गरेछन् । गणबाट घुमुवा लखेन्द्र यादवले फाेन गरेर त्यसाे नगर्न बारम्बार आग्रह गरेका थिए । तस्करी भैरहेको र सशस्त्रको चेकपोस्टमा खटिएका प्रहरीले छाेडेकाे सहजै देख्न सकिन्छ । कबहीगाेेठका सशस्त्र प्रहरीका निरीक्षक बाहिनी तानिएपछि अहिले सई सुजन कार्की त्याहां निमित्त प्रमुखको रूपमा कार्यरत छन् ।
यता मधेस प्रदेशको सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ । बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ४१९० नम्बरको ट्रकबाट बिलबिजकभन्दा अधिक २० लाख ७५ हजार पाँच सय २७ बराबरको चिनियाँ लसुन बरामद गरेको हो ।

यसैगरी वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना७ख ९४६५ नम्बरको कन्टेनरबाट अवैध रूपमा ल्याइएका मोटरपार्टस् बरामद भएका प्रहरीले जनाएको छ । प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिलबिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो । वरामद ती सामान ६५ लाख ८६ हजार नौ सय ६१ बराबरका भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । ट्रक र कन्टेनरका गरी ८६ लाख ६२ हजार चार सय ८८ बराबरका अवैध सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२४-११-२८ , समय : ११:४१:३३ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित