अर्बपति अडानीलाई साढे ३३ अर्ब घुस आरोपमा अमेरिकी अदालतबाट पक्राउ पुर्जी जारी
मिति: २०२४-११-२४ , समय : ११:०३:२७ , गामघर डेस्क
मिति: २०२४-११-२४ , समय : ११:०३:२७ , गामघर डेस्क
गामघर डेस्क
भारत । भारतको अदानी समूहसम्बन्धी एउटा विवाद बाहिर आएको छ ।अमेरिकी लगानीकर्ताहरुले भारतीय अर्बपति गौतम अडानी र उनको कम्पनीसँग सरोकार राख्ने व्यक्तिमाथि २५ करोड अमेरिकी डलर(करिब ३३ अर्ब ६० करोड नेपाली रुपैयाँ) घुस दिएको आरोप लागेको छ ।सौर्य उर्जासम्बन्धी एक सम्झौताको लागि अडानी समूहले भारतीय अधिकारीलाई यो घुस दिएको अमेरिकी लगानीकर्ताले आरोप लगाएका हुन् ।
अमेरिकी लगानीकर्ताहरुले ६२ बर्षीय अदानी, उनको भतिजा सागर र अन्य प्रतिवादीमाथि सन् २०२० देखि २०२४ को बीचमा भारतीय अधिकारीलाई यो रकमबराबरको घुस दिएको आरोप लगाएका छन् ।यो रकम सौर्य उर्जासम्बन्धी सम्झौताको लागि घुसको रुपमा उपलब्ध गराइएको अमेरिकी लगानीकर्ताहरुको आरोप छ । यो बिषयमा अमेरिकाको कानूनले विदेशी भ्रष्टाचारको आरोपमा कारवाही गर्न अनुमतिसमेत प्रदान गरिसकेको छ ।
अदानी समूहमाथि यो बिषय अमेरिकी बैंक र लगानीकर्तासँग लुकाएर राखिएको आरोपसमेत लागेको छ । अमेरिकी लगानीकर्ताले सौर्य उर्जासम्बन्धी यो परियोजनाको लागि अर्बौ रकम जुटाएका थिए ।
बन्दरगाहदेखि उर्जासम्मको कारोबारमा संलग्न रहेका अडानी समूहको चेयरम्यान र उनका भतिजा सागर अक्षय उर्जा शाखा अदानी ग्रीन एनर्जी लिमिटेडको कार्यकारी निर्देशकसमेत छन् ।अमेरिकी लगानीकर्ताले अदानी समूहको गौतम अदानी, सागर आर अदानी, बिनित एस जैन, रंजित गुप्ता, रुपेश अग्रवाल, दीपक मलहोत्रा, सौरभ अग्रवाल र सिरिल कैवनीजमाथि यस्तो आरोप लगाएका हुन् ।
सन् २०२० देखि २०२४ को बिचमा आरोप लागेको अडानी समूहले सौर्य उर्जासम्बन्धी एउटा परियोजना हात पार्न गलत वाटो छनौट गरेका थिए । उनीहरुले यो परियोजना हत्याउन भारतीय अधिकारीलाई ठूलो रकम घुसमा उपलब्ध गराएका थिए । यसको लागि नक्कली परियोजनालाई आधार बनाएर बैंकबाट ऋण र बन्ड जुटाइएको थियो ।आरोप लागेका अदानी समूहले अमेरिकाको एफबीआईसहित युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिशन(एसईसी) को अनसन्धानमा समेत अवरोध सिर्जना गरेको आरोप लगाइएको छ ।
भारतीय काँग्रेसले मोदीलाई निसाना बनायो
यहि बिषयमा भारतको काँग्रेस पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निसाना बनाएको छ । अदानी मोदीनिकट उद्योगी व्यवसायी हुन् ।
काँग्रेस पार्टीले सन् २०२३ देखि नै अदानी समूह संलग्न रहेको विभिन्न घोटाला काण्डको संसदीय जाँच समितिमार्फत जाँच गर्नुपर्ने माग राख्दै आएको छ ।अदानी समूहले भने अमेरिकाको न्याय विभाग र अमेरिकी विनिमय आयोगले लगाएको सबै प्रकारको आरोपलाई खण्डन गर्दैआएको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-११-२४ , समय : ११:०३:२७ , ३ हप्ता अगाडि