भारत उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्युु

मिति: २०२४-११-१६ , समय : ०७:३२:०१ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । झाँसी जिल्लाका मजिस्ट्रेट अविनाश कुमारले १० जना नवजात शिशुको ज्यान गएको पुष्टि गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । गएराति साढे १० बजेतिर एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ । घटनाको छानबिनको लागि आयुक्त र डीआईजीको सुपरिवेक्षणमा तत्कालै छानबिन समिति गठन गरिएको खबरमा उल्लेख छ ।

यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको बारेमा दुख व्यक्त गर्नुभएको छ । एजेन्सी

प्रकाशित मिति: २०२४-११-१६ , समय : ०७:३२:०१ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित