सप्तरी प्रहरीकाे ठुलो सफलता : एक महिनामा ७३ जना फरार प्रतिवादी पक्राउ

मिति: २०२४-११-०९ , समय : १६:१८:५७ , श्रीकान्त यादब

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपि तस्बिर : गामघर टिभिबाट

श्रीकान्त यादब

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले ठुलो सफलता हात पारेको छ । एक महिनामा सप्तरी प्रहरीले ७३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक महिने कार्य सम्पादनबारे जानकारी दिन शनिबार गरेको पत्रकार सम्मेलनमा एसपी ढकेन्द्र खतिवडाले अदालतले सजाय र जरिवाना तोकेपनि फरार रहेकाहरुमध्ये पछिल्लो एक महिनामा ७३ जनालाई नियन्त्रणमा लिएको बताए ।
ती पक्राउ गरिएका प्रतिवादीहरुबाट चारवर्ष दुई महिना ११ दिन भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार प्रतिवादी नियन्त्रणमा लिने क्रममा तीन लाख ३१ हजार ८ सय ६१ रुपैयाँ जरिवाना असुल उपर गरिएको एसपी खतिवडाले बताए ।पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ४६ लाख ६९ हजार ६ सय ३५ रुपैयाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । एसपी खतिवडाका अनुसार भन्सार छलीमा लागेका १० जनालाई नियन्त्रणमा लिएको छ ।दसैँ तिहार र छठका सन्दर्भमा एकीकृत सुरक्षा योजना तयार गरी सरोकारवाला संग समन्वय गरी अगाडि बढाउँदा सुरक्षा व्यवस्था सहज भएको एसपी खतिवडाले बताए ।दसैँदेखि छठसम्मको चाडवाडमा ७ सय ४१ जना प्रहरी जनशक्ती परिचालन गरिएको र प्रहरी निरिक्षक हरुको नेतृत्वमा सुरक्षाकर्मी परिचालित गरिएको खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-११-०९ , समय : १६:१८:५७ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित