मधेस प्रदेश : लागुऔषध तथा अबैध सामानसहित तीन जना पक्राउ

मिति: २०२४-१०-३१ , समय : १२:४२:२० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको वीरगन्जबाट प्रहरीले अबैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राति साढे ११ बजेको समयमा वीरगन्ज महानगरपालिका– १४ गण्डकचोकबाट प्रहरीले नियमित चेकिङ गर्ने क्रममा बाराको महागढीमाई नगरपालिका–७ तेलकुवाका २० वर्षीय ओमबाबु कुशवाहा र २० वर्षीय शैलेश यादवको साथबाट लागुऔषध बरामद गरेको हो ।वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्नेक्रममा उनीहरू समातिएका थिए । उनीहरुले झोलामा लुकाइ छिपाई ती लागुऔषध राखेका थिए ।ओमबाबुको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १ हजार ४ सय ८१ एम्पुल र शैलेशको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १ हजार ५ सय १५ एम्पुल फेला परेको थियो ।उनीहरुलाई बुधबार लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भई रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।
यस्तै रौतहटको बौधीमाई क्षेत्रमा भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको सामानसहित एक भारतीयलाई मंगलबार राति प्रहरी पक्राउ गरेको छ । बौधीमाई नगरपालिका–५ मा भारतबाट बिआर ०५ एल ६७१९ नम्बरको मोटरसाइकलमा भन्सार राजस्व छलेर कस्मेटिक, कपडा ल्याउँदै गरेको अवस्थामा भारत जिल्ला मोतिहारी ग्राम पंचायत श्रीपुर कबैया–९ सन्तपुरका ३५ वर्षीय गोबिन्दा दासलाई पक्राउ गरिएको हो ।‘मोटरसाइकलमा सामान राखेर बौधीमाई नाका हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय नागरिकलाई पक्राउ गरेका छौं,’ जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले भने,‘सामानसहित पक्राउ परेका दासमाथि अनुसन्धान भइरहेको छ ।’ मोटरसाइकल, सामान र दासलाई कारबाहीका लागि बुधबार गौर भन्सार कार्यालय बुझाइएको छ ।

प्रकाशित मिति: २०२४-१०-३१ , समय : १२:४२:२० , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्