तलबकाे माग गर्दै सप्तरीको हनुमाननगरका शिक्षकहरुकाे तेस्रो दिन पनि धर्ना जारी

मिति: २०२४-१०-३० , समय : ०६:३२:०९ , श्रीकान्त यादब

तस्बिर : कमल मण्डलकाे फेसबुकवालबाट

श्रीकान्त यादब

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक शिक्षिकाहरु तलव माग्दै मङ्गलबार तेस्रो दिन पनि धर्ना बसेका छन् ।

साउनदेखि यताको तलव, भत्ता नदिएको भन्दै पालिकाभरिका शिक्षकहरु आईतबारदेखि नगरपालिका कार्यालयको मूलगेटमा धर्ना दिएका छन् । विद्यालय बन्द गरी बिहान १० बजेदेखि नै उनीहरुले धर्ना दिइरहेका छन् ।

दशैं जस्तो चाडमा पनि तलव, भत्ता नदिएको र तिहार आउन लाग्दा समेत तलव दिने छाँटकाँट नदेखाएपछि आन्दोलनमा उत्रनुपरेको शिक्षकले बताएका छन् ।

यसअघि तलव उपलब्ध गराउन नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन बुझाउँदा समेत ध्यान नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाई छ ।

चाडपर्वको समयमा पनि तलव नदिँदा जीवनयापन धान्न संकट उत्पन्न भएको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-१०-३० , समय : ०६:३२:०९ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्