मधेस प्रदेश : झन्डै १४ किलो चाँदीसहित २ जना पक्राउ
मिति: २०२४-१०-२५ , समय : १६:२३:२२ , गामघर डेस्क
मिति: २०२४-१०-२५ , समय : १६:२३:२२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधेस प्रदेशको बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन् ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा चेकजाँच गर्दा उनीहरूको साथबाट कुल १४ किलो चाँदी बराबर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । चाँदीको अनुमानित मूल्य २५ लाख ४ हजार ९ सय ५० रूपैयाँ बराबर रहेको बताइएको छ ।
प्रकाशित मिति: २०२४-१०-२५ , समय : १६:२३:२२ , २ महिना अगाडि