सप्तरीको कल्याणपुरमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु
मिति: २०२४-१०-२० , समय : १८:१८:३४ , गामघर डेस्क
मिति: २०२४-१०-२० , समय : १८:१८:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको खडक नगरपालिकाकाे कल्याणपुरमा आइतबार सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । खडक नगरपालिका वडा न. ७ का रामस्वरुप मण्डलका ९ बर्षीय छोरी प्रियंका मण्डलको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
पूजा कोठामा शनिबार साँझ बाल्ने क्रममा सर्पले टोके पछी उपचारका लागि कल्याणपुर स्थित सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । नेपाली सेना बरख गणद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रातभरी उपचार गरिएपनि बालिकाको अवस्था गम्भीर भएपछि सिरहाको चोहर्वा स्थित नेपाली सेनाद्वारा संचालित सर्पदंश उपचार केन्द्रमा रेफर गरिएको थियो ।
कल्याणपुर उपचार केन्द्रले आइतबार विहान रेफर गरी पठाएको बालिका मण्डलको चोहर्वा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतका बुवा रामस्वरुप मण्डलले सञ्चारकर्मीलाई बताउनु भयो । यता मृतक बालिकाको आइतबार अन्त्यष्टी गरिएको परिवारजनले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१०-२० , समय : १८:१८:३४ , ३ महिना अगाडि