दशैंको अष्टमीमा प्रसिद्ध छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि हुने
मिति: २०२४-१०-१० , समय : १५:०५:२२ , गामघर डेस्क
मिति: २०२४-१०-१० , समय : १५:०५:२२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । बडा दशैंको अवसरमा मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता देवीको मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ ।
छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् शुक्रबार पुष्पवृष्टि गर्न लागेको हो ।
‘धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप हामीले अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको हौैं,’ गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने ।
शुक्रबार बिहान १० बजे पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने उनले जानकारी दिए ।
छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ । यता दशै अबधि भरि सप्तरीको छिन्नमस्ताकाे भगवती मन्दिरमा नेपाल सहित छिमेकी भारतकाे विभिन्न स्थानबाट लाखौं भक्तजनहरु पुजापाठ तथा दर्शन र बलि प्रदान गर्न आउने गरेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-१०-१० , समय : १५:०५:२२ , २ महिना अगाडि