बाढी पहिरोबाट प्रभावितका लागि भारतद्वारा ४.२ टन राहत सामग्री हस्तान्तरण

मिति: २०२४-१०-०८ , समय : १३:१६:४२ , गामघर डेस्क

गामघर डेस्क

काठमाडौँ । भारत सरकारले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो ।दूतावासका अनुसार भारत सरकारले अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइनेछ । हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-०८ , समय : १३:१६:४२ , २ महिना अगाडि