अमेरिकामा ‘हेलेन’ आँधी : दुई सय भन्दा बढीको मृत्युु
मिति: २०२४-१०-०४ , समय : ०७:३०:१४ , गामघर डेस्क
मिति: २०२४-१०-०४ , समय : ०७:३०:१४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।
ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।
ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गर्नुभएको छ । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बताउनुभएको छ । उहाँले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गर्नुभएको छ । एजेन्सी
प्रकाशित मिति: २०२४-१०-०४ , समय : ०७:३०:१४ , २ महिना अगाडि