सप्तरीको छिन्नमस्ता गापाबाट बहुविवाह मुद्धामा एक जना कारागार चलान

मिति: २०२३-०३-१६ , समय : ०५:२५:३१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकामा बहुविवाह मुद्धामा एक जना कारागार चलान भएको प्रहरीले जनाएको छ । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. २ का मन्जुदेवी खंगको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी छिन्नमस्ता २ के २४ वर्षिय सुरेन्द्र खंगलाई बहुविवाह मुद्धामा बुधवार १ वर्ष २ महिना कैद शिर्षकमा मुद्धा दर्ता भई मुद्धाको फैसला भए पछि कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज सप्तरीमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो । खंग गत २०७६ पुस २९ गतेदेखि फरार रहेकालाई मंगलवार ३० गतेका दिन पक्राउ गरी बुधवार चैत १ गतेका दिन सप्तरी जिल्ला अदालतमा पेश गर्दा १ वर्ष २ महिना कैद भएकोले निजलाई सो कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज , सप्तरीमा दाखिला गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ०५:२५:३१ , 2 years अगाडि