दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

मिति: २०२४-१०-०१ , समय : २०:०९:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।
यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।साइबर ब्यूरोको टोलीले प्रसाईंलाई गत ६ असोजमा भक्तपुरबाट पक्राउ गरेको थियो । उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : २०:०९:३६ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित