मधेश प्रदेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित

मिति: २०२४-०९-३० , समय : ०९:२२:२८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । अन्य ८ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २–२ जना पुरुष र सप्तरीमा एकजना पुरुषको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।


उनका अनुसार सर्लाही र पर्सामा गरेर दुईजना बेपत्ता भएका छन् । ९ वटा चौपाया मरेका छन् । ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएको एसपी बोहराले बताए ।

यस्तै पाँचसयजना मानिस बाढी र डुबानबाट विस्थापित भएको कार्यालयले जनाएको छ । अनलाइनखबर

प्रकाशित मिति: २०२४-०९-३० , समय : ०९:२२:२८ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित