भारतको बिहारमा नुहाउने क्रममा डुबेर ३७ बालबालिकासहित ४६ जनाको मृत्यु

मिति: २०२४-०९-२७ , समय : ०७:२३:२४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

भारत । भारतको बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।
बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा उक्त दुर्घटना भएको हो । औरंगाबाद र कैमुर जिल्लामा पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु भएको विभागको भनाइ छ ।
त्यस्तै रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको विभागले जनाएको छ । दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेकाले घटना हुन पुगेको विभागले जनाएको छ । जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्डजस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन जाने गर्छन् । एजेन्सी

प्रकाशित मिति: २०२४-०९-२७ , समय : ०७:२३:२४ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्