सहकारी ठगी प्रकरण : पूर्वगृहमन्त्री रवि लामिछानेसहित ९ जनालाई दोषी ठहर

मिति: २०२४-०९-१६ , समय : १४:०६:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । समितिले लामिछानेसहित अन्य व्यक्तिहरूले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण जुटाएको छ। छानबिनमा उनीहरूद्वारा दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरिएको पाइएको छ, जसमा लामिछानेले चेकमा हस्ताक्षर गरेर सहकारीबाट आएको रकम खर्च गरेको पुष्टि भएको छ।

लामिछानेले आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गर्दै आएका थिए। तर, समितिले गरेको छानबिनले उनले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा लगानी गरेको देखाएको छ। गोर्खा मिडियाको खातामा उनले हस्ताक्षर गरेका चेकहरू साटिएको र कम्पनीको तलब खुवाउन पनि सहकारीबाट आएको रकम प्रयोग भएको पाइएको छ। यस्तै, गोर्खा मिडियाको लेखापरीक्षण प्रतिवेदनमा पनि लामिछानेको हस्ताक्षर भेटिएको छ।

समितिले लामिछानेसहित ९ जनालाई दोषी ठहर गर्दै सरकारलाई कारबाहीको सिफारिस गरेको छ। उनीहरूमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सञ्चालक छविलाल जोशी, र अन्य सहकारीका सञ्चालकहरू सामेल छन्। गोर्खा मिडियामा करिब ९५ करोड ८१ लाख रुपैयाँ सहकारीबाट सारिएको र त्यसमा लामिछानेको भूमिका स्पष्ट भएको छ।

समितिले लामिछानेको बयानको आधारमा पनि सहकारीको रकमको अनियमितता र गैरकानुनी रूपमा मिडियामा लगानी भएको प्रमाण फेला पारेको हो। जनता 4K बाट

प्रकाशित मिति: २०२४-०९-१६ , समय : १४:०६:४२ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित