सप्तरीको भारदहमा माईक्रोबसको ठक्करले बालकको मृत्यु , राजमार्ग अवरुद्ध

मिति: २०२४-०९-१५ , समय : १४:२०:२३ , अनिल यादव

तस्बिर : सामाजिक सन्जालबाट

अनिल यादव

राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ स्थित भारदहमा माइक्रोबसको ठक्करले आइतबार एक बालकको मृत्यु भएको छ ।

सप्तरीको सदरमुकाम राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले भारदहको कंकालिनी मन्दिरअगाडि ठक्कर दिँदा १५ महिने आर्दश अधिकारिको मृत्यु भएको छ ।पैदलयात्री भारदह निवासी-४५ वर्षीया अनितादेवी अधिकारी र निजका १५ महिने नाति आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको विराटनगरमा मृत्यु भएको हो ।

अनितादेवीको खुट्टासहित शरीरका अन्य भागमा चोट लागेको छ भने उनको काखमा रहेका नाति आदर्शको टाउकोमा गम्भीर चोट लागेको थियो ।

यता तीव्र गतिमा रहेको माइक्रोबस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहित बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति: २०२४-०९-१५ , समय : १४:२०:२३ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्