मिथिलान्चलमा चौरचन पर्व नजिकिएसँगै केराको माग उच्च
मिति: २०२४-०९-०३ , समय : १६:२९:१९ , गामघर डेस्क
मिति: २०२४-०९-०३ , समय : १६:२९:१९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरी सहित मधेश प्रदेशमा चौरचन पर्व नजिकिँदै गर्दा केराको माग उच्च भएको छ । मधेसका प्रायः बजार क्षेत्रका चोकचोकमा अहिले बिक्रीका लागि केरा राखिएका छन् । चौरचन पर्वका अवसरमा चन्द्रमालाई केरा चढाइने चलन छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्रमाको आराधना गरिने यो पर्व आउँदो शुक्रवार बेलुका मनाइँदैछ ।
चौरचन पर्व केराखेती गर्ने किसानलाई खास अवसर बन्ने गरेको छ । अहिले चौरचन पर्वको मुखमा बेचिएको केराबाट दुई लाख रुपैयाँ कमाइसकेको भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले बताउनुभयो । जिल्लाभरिमा चौरचन पर्वमा ५० लाख रुपैयाँ हाराहारीको केरा किनबेच हुने महोत्तरी उद्योग वाणिज्य सङ्घको अनुमान छ । रासस
प्रकाशित मिति: २०२४-०९-०३ , समय : १६:२९:१९ , ३ महिना अगाडि