मधेस प्रदेश : सवारी दुर्घटनामा २ जनाको मृत्यु
मिति: २०२४-०८-२६ , समय : २१:०७:०० , गामघर डेस्क
मिति: २०२४-०८-२६ , समय : २१:०७:०० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ बस्ने विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताउनुभयो । उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी राइले जानकारी दिनुभयो ।
उनका अनुसार चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो । यता दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-२६ , समय : २१:०७:०० , 8 months अगाडि