सबल नेपालद्धारा खानेपानी आयोजना हस्तान्तरण : ६ सय १९ घरधुरीमा शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच
मिति: २०२४-०८-२६ , समय : २०:१७:०९ , गामघर डेस्क
मिति: २०२४-०८-२६ , समय : २०:१७:०९ , गामघर डेस्क
गामघर डेस्क
बन्दीपुर ।
सबल नेपालद्धारा मधेस प्रदेशको सिरहा जिल्ला अन्र्तगतको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजनालाई सोमवार एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।
बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएचसंगको साझेदारी तथा कर्जन्हा नगरपालिका संगको समन्वय एवं सहकार्यमा संचालित सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सवलीकरण परियोजना बाट वडा नं १ मा पालिका, संस्था तथा स्थानीय समुदायको संयुक्त साझेदारीमा खानेपानी आयोजना निर्माण भई संचालनमा आएको छ ।
बि.सं. २०७६ फागुन २० गतेबाट शुरु भई बि.सं. २०८० चैत्र १७ गते सम्पन्न भएको उक्त संरचना निर्माण कार्यको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १३ रुपैया खर्च भएको थियो जसका लागि सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ तथा समुदायले ३ लाख ८८ हजार ४ सय ८५ रुपैया खर्च व्यहोरेकाे सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिनुभयो ।
कुल १ लाख ५० हजार लिटर पानी स्टोरेज क्षमता रहेको ओभरहेड संरचनासंगै स्वचालित रुपमा पानी शुद्धिकरणका उपकरण समेत जडान भएकोले धारा प्रणाली मार्फत ६ सय १९ घरधुरीमा शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच भएको छ ।
बिगतमा पानीको लागि ट्युवेल जडान गर्दा लेयर नलाग्ने जस्ता कारणले गर्दा वडा नं. १ का समुदायले ईनारको पानी खान बाध्य भएको आवश्यक्ता महसुस भई सबल नेपालसंगको सहकार्यमा निर्माणकार्य शम्भव भएको वडा अध्यक्ष फनिन्द्र पोखरेलले गराउनु भएको छ ।
उक्त खानेपानी आयोजना नन्दबावा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत संचालनमा रहेको एवं यसकोे दिगोपनाको लागि प्रत्येक घर धुरीबाट न्युनतम १० युनिट प्रयोग गरे वापत ८० रुपैया संकलन गर्ने गरेको र थप प्रति युनिट वापत रु.६ संकलन गर्ने गरेको उपभोक्ता समितिका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराउनु भएको छ । प्रति युनिट अन्र्तगत १ हजार लिटर पानी प्रति घरधुरी जाने गरेको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडा वासिलाई पानी माथीको सहज पहुच भएको र यसको प्रभावकारीताको लागि नगरले थप कार्य गर्ने र सबल नेपाललाई नगरका अन्य वडा तथा समुदायमा समेत पानी समस्या रहेकोले साझेदारीको लागि आवहान समेत गर्नु भएको थियो ।
प्रमुख अतिथी को रुपमा रहेका नगर प्रमुख भोला पोखरेलले सबल नेपालसंगको साझेदारीमा वडा नं. १ मा कहि कतै नभएको १ घर १ धाराको निर्माण भएकोमा गर्व महसुस भएको र यस कार्यको लागि सबल नेपाललाई धन्यवाद समेत दिनु भएको थियो ।
उक्त अवसरमा खानेपानी आयोेजना निर्माण कार्य सफलता पुर्वक सम्पन्न गर्न योगदा पुरयाएका नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कर्जन्हा नगरपालिका वडा नं. १ र कर्जन्हा नगरपालिकालाई सबल नेपालद्धारा सम्मान समेत गरेका थिए ।
कर्जन्हा नगरपालिका वडा नं. १ को नवनिर्मित भवन प्रागंणमा वडा नं. १ का अध्यक्ष फणिन्द्र पोखरेल अध्यक्षतामा तथा नगर प्रमुख भोला पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ, बरिष्ठ प्रबन्धक अशोक साह, परियोजना व्यवस्थापक परमेश्वर कुमार झा, परियोजना संयोजक शैलेन्द्र चौधरी तथा कर्जन्हा पालिका संयोजक रोजी श्रेष्ठको उपस्थित रहेको थियो । उक्त कार्यक्रमको संचालन स्थानीय कृष्ण सुवेदीले गरेका थिए ।
प्रकाशित मिति: २०२४-०८-२६ , समय : २०:१७:०९ , ५ महिना अगाडि