मधेस प्रदेश : पाेखरीमा डुबेर दुई जना बालकको मृत्युु
मिति: २०२४-०८-२४ , समय : २०:०७:०६ , गामघर डेस्क
मिति: २०२४-०८-२४ , समय : २०:०७:०६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको ज्यान गएको छ । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ का ६ वर्षीय बालक अंकित साहको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।
त्यसैगरी दिउँसो ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले गिट्टी निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर १७ वर्षीय निशान थापा मगरको ज्यान गएको छ । खाल्डोमा नुहाउन पसेका उनी निकै बेरसम्म पनि बाहिर नआएपछि स्थानीयले उनलाई खोज्न खाल्डोमा पसेका थिए ।
क्रसरले गिट्टी बालुवा निकाल्न खनेको खाल्डो निकै गहिरो भएकाले शव निकाल्न नसकेपछि गोताखोर बोलाइएको थयो । केही वर्ष पहिले पनि गौरीशंकरमा क्रसरले खनेको खाल्डोमा जमेको पानी डुबेर एक जनाको ज्यान गएको थियो ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको राम जानकी मठको पोखरीमा डुबेर आज एक जना बालकको ज्यान गएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर ज्यान गएको हो । घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२४-०८-२४ , समय : २०:०७:०६ , ५ महिना अगाडि