बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो, कसको कति ….?
मिति: २०२३-०३-१५ , समय : १०:१७:०६ , गामघर डेस्क
मिति: २०२३-०३-१५ , समय : १०:१७:०६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । ब्याजदर महँगो भएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला बैंकहरुले आजदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स संघको गएको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो । अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ । बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । जस कारण लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दति निक्षेपको ब्याज भने घटाइएको छैन ।
कसले कति घटाए ?
वाणिज्य बैंकले साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाएका छन् । चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछन् । फागुनमा ६ दशमलव ४२ प्रतिशतदेखि ८ दशमलव ४२ प्रतिशतसम्म रहेको थियो ।
यस्तै विकास बैंकहरुले बचतको ब्याजदर शून्य दशलव १५ प्रतिशतले घटाएका छन् । विकास बैंकले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम गरेका छन् । फागुनमा विकास बैंकहरुले १ वर्ष वा त्योभन्दा माथि र कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९ दशमलव ५० र रेमिट्यान्समा १२ दशमलव ५० प्रतिशत ब्याजदर कायम गरेका छन् । फागुनमा संस्थागतर्फ ९ दशमलव ७५ र रेमिट्यान्समा १२ दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका थिए ।
यस्तै फाइनान्स कम्पनीहरुले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशतले घटाएका छन् । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०३-१५ , समय : १०:१७:०६ , २ वर्ष अगाडि