मधेस प्रदेश : लाखौंको अबैध गहनासहित एक जना पक्राउ
मिति: २०२४-०८-१८ , समय : १३:५३:०८ , गामघर डेस्क
मिति: २०२४-०८-१८ , समय : १३:५३:०८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सिरहामा लाखौंको अबैध सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् ।
उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको हो ।
बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुल्ला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मंगलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए ।
बरामद सुन तौल गर्दा जम्मा २६.५ ग्राम भएको र तीन लाख ३५ हजार २२८ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ ।
यस्तै सुनका बाला-६४ थान, ब्रासलेट-११ थान, चुरा २९ थान र रड १ थान गरी २ किलो ६५२.४ ग्राम अर्थात २ लाख १७ हजार ६८० मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-१८ , समय : १३:५३:०८ , ५ महिना अगाडि