मधेस प्रदेश : १३ वर्षीया बालिकालाई दुइ पुरूषले गरे बलात्कार , एक जना पक्राउ
निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाकाे शारीरिक परीक्षण गर्दा बालिकामाथि बलात्कार भएको अस्पतालकाे भनाइ
मिति: २०२४-०८-१४ , समय : १०:२२:११ , गामघर डेस्क
मिति: २०२४-०८-१४ , समय : १०:२२:११ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
बाराको निजगढ नगरपालिका वडा नम्बर-५ मा एक बालिकामाथि दुइ जना पुरूषले बलात्कार गरेका छन् । स्थानीय विद्यालयमा अध्ययन गर्ने १३ वर्षीया बालिकाले आफूलाई नचिनेका दुइ जना मानिसहरुले बलात्कार गरेको परिवारसँग बताएपछि ईलाका प्रहरी कार्यालय निजगढले बालिकाको शारीरिक परीक्षण गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाकाे शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएको बताए ।
थप परीक्षणको लागि बालिकालाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी निरीक्षक कुशवाहाले बताए । कलैया अस्पतालबाट स्वास्थ्य परीक्षणको पूर्ण रिपोर्ट आएपछि घटनाबारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएकाे आशंकामा एक पक्राउ
बालिकाले दिएको हुलियाको आधारमा घटनामा संलग्न भएकाे आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । फरार रहेकाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए । पक्राउ परेका व्यक्तिको प्रहरीले पहिचान खुलाएको छैन ।
मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुइ जना नचिनेका मानिसहरुले केही पैसा र मिठाइ दिएर आफुमाथि जबरजस्ति करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाए लगत्तै अभिभावक र आफन्त प्रहरीकाेमा पुगेका थिए । नयाँ पत्रिका
प्रकाशित मिति: २०२४-०८-१४ , समय : १०:२२:११ , 8 months अगाडि