सप्तरीमा अागाेले पोलेकि एक महिलाको मृत्यु
मिति: २०२३-०२-२२ , समय : १०:५३:४४ ,
शुभ नारायण यादब
शुभ नारायण यादब
- सप्तरी । सप्तरीमा अागाेले पाेलेर गम्भीर घाइते भएकि एक महिलाको मृत्युु भएको छ । सप्तरीकाे अग्निसाईर कृष्णाशवरण गाउपालिका वडा न. ३ मटिगढा बस्ने बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतले आफनै घर पछाडि दक्षीण पट्टि बाटोमा बालेको घुर तापने क्रममा लगाएको साडिमा आगो सलकी छाति देखी मुनि सम्म पोली गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते महिलाको उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याई समान्य उपचार पश्चात थप उपचारको लागी बिपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियाे । उपचार पछि डिस्चार्ज भई साबिक घर खडक नगरपालिका वडा न.११ बनौली लगिएकोमा पुन अवस्था बिगरी बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार उपचार पश्चात थप उपचारको लागी पुन गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिनुभयो । यता साे घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०२-२२ , समय : १०:५३:४४ , २ वर्ष अगाडि