अस्पतालबाट भागेका जबरजस्तीकरणी मुद्दाका दोषी कैदी पक्राउ
मिति: २०२४-०८-०८ , समय : १७:१३:५९ , गामघर डेस्क
मिति: २०२४-०८-०८ , समय : १७:१३:५९ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको विराटनगरको कोशी अस्पतालबाट जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भइ भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई बुधबार पक्राउ गरेको हो ।
नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट अहमदलाई पक्राउ गरिएको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
जबरजस्तीकरणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए ।
उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो।
उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।
प्रकाशित मिति: २०२४-०८-०८ , समय : १७:१३:५९ , ५ महिना अगाडि