फिलिपिन्समा तेल चुहावटबाट झण्डै एक लाख मानिस प्रभावित : १ सय २२ जना बिरामी
मिति: २०२३-०३-१४ , समय : ०८:००:४९ , गामघर डेस्क
मिति: २०२३-०३-१४ , समय : ०८:००:४९ , गामघर डेस्क
गामघर डेस्क
फिलिपिन्स ।
फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् । १ सय २२ जना बिरामी परेका छन् । तटीय गाउँ तेलले ढाकेको छ ।
प्रान्तीय गभर्नर हुमरलिटो डोलोरका अनुसार गएको फेब्रुअरी २८ मा डुबेको ट्याङ्कर ८ लाख लिटर क्षमताको थियो र त्यसबाट निस्किएको तेलको असर कम गर्ने प्रयास भइरहेको छ । बिरामीमा श्वासप्रश्वाससम्बन्धी समस्या, वान्ता र पखाला लागेको छ ।
पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण माछा मार्नेहरूलाई माछा नमार्न आग्रह गरिएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी निकायलाई तेलबाट उत्पन्न असरलाई तत्काल रोकथाम गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-१४ , समय : ०८:००:४९ , २ वर्ष अगाडि