मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु गुरुदेव कामतकाे निधन
मिति: २०२४-०८-०१ , समय : १०:२०:५९ , गामघर डेस्क
मिति: २०२४-०८-०१ , समय : १०:२०:५९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाली संगीत क्षेत्रका सम्मानित व्यक्तित्व तथा शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको आज विहान ७ : ३० बजे आफ्नै जन्म थलो सिरहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय संगीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक संकट भएपछि एक महिना अघि जन्मथलो फर्किएको उनका माईला छोरा प्रमिन्द्र कामतले जानकारी दिए। उनले वुवा विरामी हुनुभएपछि काठमाडौं बस्न सक्ने अवस्था नभएपछि एक महिना अगाडी घर फर्कनु भएको थियो।
पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए। नेपाली संगीतमा अमूल्य योगदान गरेका कामतले आर्थिक अभावका कारण सहि उपचार पाउन नसकेको बताइन्छ। शास्त्रीय संगीतका गुरु कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा भएको थियो।
प्रकाशित मिति: २०२४-०८-०१ , समय : १०:२०:५९ , 9 months अगाडि